अर्थ संसार
काठमाडौं– मेगा बैंकको लिलामी हकप्रद सेयर भोली (आइतबार) देखि खुल्ला हुने भएको छ । बैंकल ३ लाख ८६ हजार ८ सय ८२ कित्ता हकप्रद शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । इच्छुक लगानीकर्ताले उक्त शेयरमा चैत २० गतेसम्म आवेदन दिन सक्छन् ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ
मेगा बैंको लिलामी सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंङ रहेको छ ।
बैंकको शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्य राखेर न्यूनतम १०० कित्ता र बढीमा १० अंकले भाग जाने गरी अधिकतम १० हजार कित्तासम्म आवेदन दिनसक्नेछन् ।
बैंकको शेयर खरिद गर्न चाहने लगानीकर्ताले उक्त परिमाणमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन फारम लिएर बुझाउन सक्नेछन् ।
बोलकबोल नतिजा बिक्री प्रबन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस