Like us!
Follow us!
Connect us!
Watch us!

घरमै बसेर क्वीज खेलौं अनि नगद जितौं

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १७ : ५८ मा प्रकाशित

घरमै बसेर क्वीज खेलौं अनि नगद जितौं

अर्थ संसार, काठमाडौं – लकडाउनका बेला घरमै बसिरहेकाहरूलाई मध्यनजर गरेर ज्ञान बढाउने उद्धेश्यका साथ क्यास क्वीज एप सञ्चालनमा आएको छ ।

होम सर्भिस नेपालले इनोभेशन वेभ ग्रुपसँगको सहकार्यमा डेभलप गरी सञ्चालनमा ल्याएको एप लोकसेवा तयारी गर्नेहरूलाई मात्र नभई सबैलाई उपयोगी हुने किसिमको छ ।

लकडाउनमा घरमा बसिरहेकाहरूलाई मनोरन्जन, ज्ञानको साथमा नगद उपहार समेत जित्न सक्ने गरी ‘क्वीज खेलौं नगद जितौं’ योजना सहित मोबाइल एप संचालनमा ल्याइएको होम सर्भिस नेपालका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले जानकारी दिएका छन् । लकडाउनका कारण विद्यालय तथा कलेज जान नपाएका विद्यार्थी, लोकसेवाको तयारी गरिरहेकाहरू लगायत आम मानिसलाई एप उपयोगी हुने श्रेष्ठले बताएका छन् । 

क्यास क्वीजमा सहभागी भएर जितेको नगद उपहारले मोवाइल टपअप गर्न सकिने छ । एपमा प्रश्नोत्तर खेलका आधारमा एकपटकमा एक हजार रूपैयाँदेखि ६ हजार रूपैयाँसम्म जित्न सकिने छ । केहि समय पश्चात नगद उपहारको सीमा ५० हजार रूपैंयासम्म पुर्याउने तयारी भैरहेको श्रेष्ठले जानकारी दिएका छन् । 

विशेष गरेर लोक सेवा आयोगको तयारी गरिरहेकाहरूलाई लक्षित गरेर बनाइएको यो मोबाइल एप लकडाउनका बेला लोकप्रिय बन्दै गएको छ । हाललाई गूगल प्लेमा मात्र उपलब्ध यो एप २ सातामा १५ हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् । 

विद्यालय तथा कलेजका विद्यार्थीकोहरूको सहभागिता धेरै बढेको इनोभेसन वेब ग्रुपका प्रबन्ध निर्देशक दिपेश बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार क्यास क्वीजको युट्युब च्यानलमा राखिएका क्वीज सम्बन्धि भिडियोमा अधिकांश प्रनोत्तरलाई समेटिएको छ । च्यानलको भिडियो हेर्नेहरूलाई क्वीजमा सहभागी हुन धेरै सहज हुने उनले बताए । 

हरेक दिन साँझ ५ बजे र ९ बजे सञ्चालन हुने लाइभ गेममा सहभागि हुनेहरूले मात्र नगद उपहार जित्न सक्ने छन् । अन्य समयमा प्राक्टिस मोडमा क्वीज गेम खेल्न सकिनेछ । 

क्यास क्विज एप प्रयोग गर्न इन्टरनेट कनेक्सन अनिवार्य गरिएको छ । लाइभ क्वीज गेम सुरू हुने समयमा एप खोलेर सहभागिता जनाउनु पर्ने हुन्छ । सहभागी भएको केही बेरमा खेल सुरू हुन्छ । खेल सुरू हुने समयसम्ममा खेलमा सहभागी नभएकाहरूले अर्को पटक मात्र खेल खेल्न सक्छन् । तर प्राक्टिस मोडमा कुनै पनि समयमा खेल्न सकिन्छ । 

अहिले दिनको २ पटक सञ्चालन हुने लाइभ गेममा क्यास क्विजले सोधेको प्रश्नको जवाफ दश सेकेन्ड भित्र दिनु पर्ने हुन्छ । जवाफ नआएमा लाइफ लाइनको समेत प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । १० वटा प्रश्न सोधिने एक खेलमा आठौं प्रश्नसम्म २ पटक लाइफलाइन प्रयोग गर्न सकिन्छ । 

क्यास क्विजले सोधेका दश वटै प्रश्नको सही जवाफ दिने व्यक्तिलाई विजेता घोषणा गरिनेछ । दुई वा दुई भन्दा बढी सहभागीले दश वटै प्रश्नको सहि जवाफ दिएमा तोकिएको नगद उपहार दामासाहीले सबैलाई बराबर वितरण गरिने छ ।

App Link: https://play.google.com/store/apps/details?id=com.iwg.cashquiz&hl=en

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको