Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा जनरल इन्स्योरेन्सले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, ०९ : ५९ मा प्रकाशित

लकडाउनमा जनरल इन्स्योरेन्सले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं - लकडाउनकाे अवस्थामा पनि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले दाेश्राे वार्षिक साधारण आह्वान गरेकाे छ ।

कम्पनीकाे हिजाे जेठ १३ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ २३ गते शुक्रबार कम्पनीकाे केन्द्रीय कार्यालय हात्तीसार काठमाडाैँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरूमा छलफल गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ecdf2356469b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको