पेटमा उमरा हुर्काउँदै महिला, नौरथाभर निराहार, दिसापिसावसमेत नगरी कसरी बस्लिन् उनी ? (फोटो फिचर)
सोमबार, २४ असोज २०७३, १२ : ५३
मा प्रकाशित
तस्बिरहरुः कृष्णहरि घिमिरे
अर्थ संसार
सिन्धुली–दशैं टिका र जमराको चाड । गहुँ, जौ, मकैलगायतका अन्न घरको उज्यालो नपर्ने कुनामा बलौटे माटोमा छरेर जमरा उमारिन्छ । मुलुकभर र विदेशमा रहेका नेपालीले समेत यसै गरी जमरा उमार्छन् ।
यहाँ एक महिलाले भने जमरे औंसीका दिन छातिमा राखिएको टपरीमा जमरा उमारेकी छन् । नौरथाभरी उनले निराहार सुतेर जमरा उमारेकी हुन् ।
स्थानीय कमलामाई नगरपालिकाको माझीटार घर भएकी दुर्गा उप्रेतीले छातिमा जमरा उमारेकी हुन् । उनले जमरा उमारेको हेर्न दिनहुँ स्थानीय बासिन्दाको भिड लाग्ने गरेको छ । सिन्धुलीमाढी बजारको पारिपट्टि रहेको महाकाली कमलामाई मन्दिरसँगैको विवाह मण्डपमा उनले जमरा उमारेकी हुन् । उनले यस यसरी जमरा उमारेको योसहित चौथो पटक भएको मन्दिर पूजा ब्यवस्थापन समितिले जनाएको छ ।
उनले असोज २५ गतेदेखि २५ गतेसम्म जमरा उमारेर हुर्काउने छिन् । त्यसपछि उक्त जमरा महाकाली कालीमाईलाई चढाउने छिन् । नौरथाभर निराहार बसेर दिसापिसाब समेत नगरी बसेकी भनिएकी उप्रेतीको प्रयासलाई यहाँ अनौठो मानिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस