Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तह र प्रदेशको बजेट बाँडफाँड, हेर्नुस् कसलाई कति ?

निशा हुमाँगाई

शुक्रबार, १६ जेठ २०७७, १६ : ०५ मा प्रकाशित

स्थानीय तह र प्रदेशको बजेट बाँडफाँड, हेर्नुस् कसलाई कति ?

अर्थ संसार, काठमाडौं - अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश र स्थानीय तहले पाउने बजेट बाँडफाँड गरेको छ । जसअनुसार सरकारले आगामी आर्थिक वर्षकामा सात प्रदेशका लागि ९९ अर्ब ८७ करोड ३७ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, २ खर्ब ६२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गरिएको छ ।

यसैगरी, प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख रूपैयाँ, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख रूपैयाँ, बागमती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख रूपैयाँ, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख रूपैयाँ, सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख रूपैयाँ, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख रूपैयाँ र गण्डकी प्रदेशले १३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, स्थानीय तहका लागि बाँडफाँड गरिएको २ खर्ब ६२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँमध्ये वित्तीय समानीकरण अन्तर्गत ९० अर्ब ५ करोड ५० लाख, सशर्त अनुदानतर्फ १ खर्ब ६१ अर्ब ८ करोड ९९ लाख, विशेष अनुदानतर्फ ६ अर्ब ८३ करोड २२ लाख तथा विशेष अनुदानतर्फ ४ अर्ब ७८ करोड ५ लाख रूपैयाँ रहेकाे बताइएकाे छ ।  

हेर्नुहाेस् स्थानीय तह र प्रदेशले पाउने बजेटकाे पूर्ण विवरण :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको