अर्थ संसार
काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको दशौं वार्षिक साधारणसभाबाट पारित निर्णय बमोजिम २५ प्रतिशत हकप्रद सेयर चैत २७ देखि निस्कासन गर्ने भएको छ ।
बैंकले १ सय रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद शेयर वैशाख २७ सम्म खुल्ला गर्ने जनाएको छ ।
बैंकको फागुन २५ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रदमा आवेदन गर्न सक्ने छन् ।
बैंकमा आवद्ध करिब ८० हजार शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्ने जनाइएको छ ।
हकप्रदपछि बैंकको पुँजी ६ अर्ब ९२ करोड पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको नाफाबाट बोनस बाँडेर यसै आर्थिक वर्षभित्र ८ अर्बको पुँजी पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस