अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (शनिबार) कोरोना भाइरसबाट संक्रमित थप १३ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या २१९ जना पुगेको छ । जसमध्ये १७२ जना पुरूष र ४७ जना महिला रहेका छन् ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार एकैदिन थप १३ जना डिस्चार्ज भएका जानकारी दिएका छन् ।
त्यसैगरी, मन्त्रालयका अनुसार टेकु अस्पतालको आइसोलेशनमा उपचाररत बुढानिलकण्ठ र टोखाका २ जना, बलम्बुस्थित कोभिड युनिफइाड अस्पतालबाट ९ जना, अछाम जिल्ला भइ बाँकेमा रहँदै आएका एक पुरुष र रूकुम घर भइ ललितपुर अस्थायी ठेगाना भएका एक पुरुष उपचारपश्चात निको भएर घर फर्किएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस