अर्थ संसार, दुल्लु -दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ । वडा नं ११ कालभैरवको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका ३५ वर्षीय युवाको आज नै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो ।
यही जेठ ७ गते भारतबाट आएका उहाँसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो । मृतक युवाको शव के गर्ने भन्नेबारेमा जिल्ला प्रशासनसँग सहकार्य भइरहेको नगरप्रमुख भण्डारीले बताउनुभयो । कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुनेमा उहाँ पहिलो हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस