Like us!
Follow us!
Connect us!
Watch us!

उधोगीको मनोमानीको कारण हार्डवेयर व्यवसायीहरू मारमा

निशा हुमाँगाई

आइतबार, १८ जेठ २०७७, १२ : ३५ मा प्रकाशित

उधोगीको मनोमानीको कारण हार्डवेयर व्यवसायीहरू मारमा

अर्थ संसार, काठमाडौं – इटहरी, उधोगीको मनोमानीको कारण हार्डवेयर व्यवसायीहरू मारमा परेको गुनासो गरेका छन् ।

सामाजीक दुरी कायम गरी इटहरीमा आयोजीत पत्रकार सममेलनमा असामान्य अवस्था सिर्जना हुन साथ उद्योगीहरूले कारोबारको नीति परिवर्तन गर्ने, अस्वभाविक मूल्यबृद्धि गर्ने, ढुवानी लागत बढ्न गइ समग्र वस्तुको लागत बढ्न जाने हुँदा व्यवसायीले वस्तुको मूल्य बृद्धि गरी बिक्री गर्दा व्यवसायीलाई कालोबजारीको आरोप लागेर कानुनी जटिलता भोगिरहेका चिन्ता व्यक्त गरेका छन् ।

व्यवसायीले नभएर उधोगले नै समस्या सिर्जना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघ, इटहरी , धरान हार्डवेयर संघ, विराटनगर हार्डवेयर संघ, इनरूवा हार्डवेयर संघले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै अनावश्यक र कृत्रिम अभाव सुजना गरी मूल्य वढाउदा व्यवसाय नियमित रूपमा संचालन गर्न नसक्ने व्यवसायीले बताएका छन् । सम्बन्धित कम्पनीहरूसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभए विकल्प रोज्ने व्यवसायीले बताएका छन् ।

Bank Guarantee, ODC Cheque,PDC Cheque, Written Agreement , Verbal agreement भएकै आधारमा लकडाउन खुल्न साथ कानुनी प्रावधान लाई आधार मान्दै बक्यौता अवधि एवम् बक्यौता खाता समायोजन गर्नुपर्ने भनेर यवसायीलाई मानसिक,व्यक्तिगत, पारिवारिक तथा सामाजिक तनाव हुने गरी भुक्तानीका लागि दवाव सिर्जना नगर्न उद्योगीहरूसँग माग गरेका छन् ।

उद्योगीहरूले बिना कारण मूल्यवृद्धि गरेपछि यसको प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको बताउँदै मूल्यवृद्धिको चौतर्फी विरोध भइरहँदासमेत सरोकारवाला निकायवाट अनुगमन, छानविन तथा मूल्य नियन्त्रण गर्नेतर्फ कुनै कदम नचालिनु अर्को आश्चर्यको विषय बनेको हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघ इटहरीका अध्यक्ष भोला प्रसाद निरौलाले बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ “जब जब देशमा विषम परिस्थिति सृजना हुन्छ तब तब उत्पादक उद्योगीहरूले पनि धमिलो पानिमा माछा मार्ने दाउमा रहेको जस्तो गतिविधिहरू गर्न खोजेको देख्दा हामी व्यवसायीहरूको मानसपटलमा चाहिँ उद्योगीहरूले मानवीय समवेदना तथा सामाजिक उत्तरदायित्व भुल्दै गएको पो हो कि ? भन्ने प्रश्न घुमिरहेको हुन्छ, जसको जवाफ आजको मिति सम्म हामीले प्राप्तगर्न सकेका छैनौँ । सरकारले पनि हामीलाई व्यवसायगर्न सहज वातावरण प्रदान गरोस् ” ।

लकडाउनको अवस्थामा समेत उद्योगीले एकाएक मूल्यवृद्धि गर्नु आम उपभोक्ता माथि शोषण र अन्याय गरेको विराटनगर हार्डवेयर संघ विराटनगरका अध्यक्ष मुकुन्द दाहालले बताए ।

यस्तो अवस्थामा हार्डवेयर व्यवसायीको लागि सरकारले विशेष प्राथमिकता दिएर योजना तथा नीति ल्याउन जरूरी भएको व्यवसायी तारा कट्वालले बताए । लकडाउनको समयावधि भरिको घरभाड छुट गरिदिनु हुन तथा लकडाउन खुलेर व्यवसाय सञ्चालन भए पश्चात् ६० दिन पछि देखि मात्रघर भाडा भुक्तानी दिने वातावरण निमार्ण गर्न इनरूवा हार्डवेयर संघ, इनरूवा अध्यक्ष पहल बहादुर कट्वालले अपिल गरेका छन् ।

पत्रकार सम्मेलनमा वोल्दै धरान हार्डवेयर संघका अध्यक्ष नबिन राजभण्डारीले घरबाहल कर, व्यवसायिक कर, सामाजिक सुरक्षा कर बुझाउने समय अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पौष मसान्त सम्म उपलब्ध गराउने तथा उक्त समय सीमा सम्म कुनै पनि हर्जाना तथा व्याज नलगाउन स्थानीय, प्रदेश तथा संघीय सरकार समक्ष माग गरेका छन् ।

लकडाउनको समय सीमा भरिको सवारी साधनका सबै प्रकारका कर छुटगर्ने तथा नवीकरण गर्नुपर्ने सवारीको हकमा नवीकरण गर्ने समय सीमा १ वर्ष थप गर्न तथा लाग्ने जरीवान छुटगर्न स्थानीय, प्रदेश तथा संघीय सरकार सग व्यवसायीहरूले माग गरेका छन् । त्यसैगरी पुर्वका हार्डवेयर व्यवसायीहरूले वित्तीय संस्थाले व्याज कम्तिमा ५५ घटाई कम्तिमा ३ वर्षसम्म स्थिर राख्न, लकडाउनको समयको व्याजमा विशेष सहुलियत प्रदान गर्न,बक्यौता व्याजको लागि व्याज पूँजीकरणको व्यवस्थागर्न तथापुनरकर्जाको व्यवस्था गरी व्यवसायलाई चालायमानको अवस्थामा ल्याउनको लागि नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूसँग माग गरेका छन् ।

नेपालमा विद्युतीय बैंकिङ्ग कारोबार सम्बन्धी जनमानसमा ज्ञान, सीप तथा सुरक्षाको विश्वसनीयता नभएको अवस्थामा नगदको कारोबारमा कोरोना कर लगाउने भनेर जनतालाई त्रसित बनाउने काम नगर्न वित्तीय सस्थाका सञ्चालक तथा बैंकर संघलाई पत्रकार सममेलन मार्फत जानकारी गराएका छन् । 

त्यस्तै, सम्बन्धित कम्पनीसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बिनाकारणको मूल्य वृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको हुँदा यसले पारेको समस्याप्रति सरोकारवालाहरू गम्भीर हुनु पर्ने व्यवसायी मुक्ती दाहलले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको