Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाकै कारण दुई वर्षीया बालिकाको मृत्यु : आमा पनि संक्रमित

निशा हुमाँगाई

आइतबार, १८ जेठ २०७७, १५ : २१ मा प्रकाशित

कोरोनाकै कारण दुई वर्षीया बालिकाको मृत्यु : आमा पनि संक्रमित

अर्थ संसार, काठमाडौं –  नेपालमा कोरोनाकै कारण दुई वर्षीया बालिकाको मृत्यु भएकाे छ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको हाे । याे सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बुढिगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिएका छन् । बालिकाकी आमाकोसमेत पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । उनकाे बुवाकाे पपीसीआर रिपाेर्ट भने नेगेटिभ आएको छ ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेकी बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियाे । 

आइतबार सुदूरपश्चिमका बालिका र उनकी आमासहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको