अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
दैलेखका ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिकाको मृत्यु भएको डा. देवकोटाले बताएका छन् । बाजुराकी दुई वर्षिया बालिकाको आइतबार बिहान २:३० बजे मृत्यु भएको हाे भने दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको शनिबार मृत्यु भएकाे हाे ।
यसअघि पनि नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भइसकेकाे छ । सिन्धुपाल्चोक, गुल्मी, बारा, बाँके, ललितपुर र अर्घाखाँचीका १–१ जना गरी ५ जनाको मृत्यु भएकाे हाे । हालसम्म नेपालमा संक्रमितकाे संख्या १५६७ जना रहेकाे छ भने २२० जना निकाे भएर घर फर्किएका छन् ।
त्यसैगरी, डडेल्धुराका ६ वर्षीय बालक, गुल्मीका ५६ वर्षीय पुरुष र काठमाडौंको निजी अस्पतालमा मृत्यु भएका एक व्यक्ति गरी ३ जनाको स्वाब परीक्षण भइरहेको र नतिजा आउन बाँकी रहेको पनि उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस