Like us!
Follow us!
Connect us!
Watch us!

५६ जना पत्रकारको निशुल्क कोरोना बिमा

निशा हुमाँगाई

सोमबार, १९ जेठ २०७७, १२ : १२ मा प्रकाशित

५६ जना पत्रकारको निशुल्क कोरोना बिमा

अर्थ संसार, काठमाडौं – नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लाका क्रियाशिल ५६ जना पत्रकारहरुको दुर्घटना र कोरोना बीमा गरेको छ ।

धादिङका क्रियाशिल ५६ जना पत्रकारको प्रति व्यक्ति ६ सय ५० रूपैयाँका दरले ज्योति लाइफ इन्स्योरेन्समा दुर्घटना बीमा र नेको इन्स्योरेन्समा प्रति पत्रकार ६ सय रूपैयाँका दरले ४४ जना पत्रकारहरुको निशुल्क कोरोना बीमा गरेको हो ।

पत्रकार महासंघ धादिङ शाखाका सचिव राजाराम शर्माका अनुसार दुबै बीमा मार्फत लाग्ने प्रति व्यक्ति खर्च १ हजार २५० रुपैयाँ सबै पत्रकार महासंघ धादिङ शाखाले नै तिरेको छ ।

त्यस्तै, यता धादिङका पत्रकारहरुले गरेको बीमामा दुर्घटनामा परि मृत्यु भएमा २ लाख, कुनै पनि कारणले मृत्यु भएमा १ लाख , पूर्ण अपाङ्ग भए १ लाख, आंशिक अपाङ भए कम्पनीको नियमानुसार बढीमा १ लाख, दुर्घटनामा परि औषधी उपचार गर्नु पर्यो भने १० हजार, काजक्रिया खर्च १० हजार दिईने ज्योती लाईफ इन्सुरेन्स धादिङ शाखाका प्रमुख जयराम ढुङ्गानाले  बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको