अर्थ संसार, काठमाडौं - एशियाली विकास बैंक (एडिबी) ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै रु ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ ।
अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका हुन् । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाको पनि उपस्थिति थियो ।
सो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९ का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग गरिनेछ । गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक पुनःरुत्थानमा जानसमेत उक्त रकम उपयोगी हुने बैंकले जनाएको छ ।
कोरोना कहरले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको र नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ । कोभिड–१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सिएआरइएस) कार्यक्रमअन्तर्गत नेपालले बैंकबाट उक्त ऋण सहायता पाएको हो ।
त्यस्तै, ऋण सहयोगबाट सरकारले सातवटै प्रदेशमा कम्तीमा दुई लाख क्वारेन्टिन निर्माण गर्न र दैनिक तीन हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडिबीले जनाएको छ । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस