अर्थ संसार, काठमाडौं – नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २६२ जना पुगेको छ ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ र ३ का क्रमश १७, १७, १८, २१, २३, ३०, ३२ र ५०, १४, २७ र ३३ वर्षका पुरुष, सल्यानको दार्मा गाउँपालिका वडा नम्बर १,२,३ र ४ का क्रमश ३९, ३६, ४८, ३५, ३९, ३८, ४०, ४० र ५० वर्षका पुरुष र अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका वडा नम्बर ४ का २२, २४, २७, २९, ३५ र ४० वर्षका पुरुष र २७ र ३० वर्षका दुईजना महिलामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस