Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना संक्रमितकाे संख्या २ हजार नाघ्याे : काठमाडौंसहित एकैपटक थपिए २८८ जना संक्रमित

निशा हुमाँगाई

मंगलबार, २० जेठ २०७७, १६ : २७ मा प्रकाशित

काेराेना संक्रमितकाे संख्या २ हजार नाघ्याे : काठमाडौंसहित एकैपटक थपिए २८८ जना संक्रमित

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २ हजार ९९ जना पुगेकाे छ । जसमध्ये एक हजार ९ सय ४९ जना पुरूष र १५० जना महिला रहेका छन् ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ती मध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

5ed62ea716c5a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको