Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूद्वारा पिपिइ सहयोग

निशा हुमाँगाई

बुधबार, २१ जेठ २०७७, ०८ : ०० मा प्रकाशित

बैंक अफ काठमाण्डूद्वारा पिपिइ सहयोग

अर्थ संसार, काठमाडौं -  बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत श्री बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) हस्तान्तरण गरेको छ ।

बैंकद्वारा श्री चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रो. डा. देव नारायण शाहलाई एक कार्यक्रमका बिच उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरू हस्तान्तरण गरीएको हो ।  जस अन्तर्गत बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २०० थान मास्क र २०० थान फेस सील्डहरू हस्तान्तरण गरेको छ । 

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरूले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरूको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

त्यसैगरी, लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्तर्गत  यस बैंकले  एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरू प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरूको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिँदै आईरहेको जानकारी समेत गराएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको