Like us!
Follow us!
Connect us!
Watch us!

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

बुधबार, २१ जेठ २०७७, ११ : २७ मा प्रकाशित

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं - पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले दिएकाे जानकारी अनुसार रामपुर नगरपालिका ४ मटेरीको सहरी स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका २३ र २८ वर्षीय पुरुषहरूमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

त्यस्तै, यसअघि रैनादेवी छहरा गाउँपालिकाका २ जना, माथागढी गाउँपालिका १ जना र निस्दी गाउँपालिकाका २ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको थियाे । हाल उनीहरू ५ जनालाई तानसेनको आइसोलेसनमा राखिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको