अर्थ संसार, काठमाडौं – नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । याे सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ जना पुगेको छ ।
स्याङ्जाका १० जना, कास्कीका ३ जना, पूर्वीनवलपरासीमा ३ जना र बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस