Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा बैंकले डाक्याे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

शनिबार, २४ जेठ २०७७, ०९ : २६ मा प्रकाशित

शाइन रेसुङ्गा बैंकले डाक्याे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ११औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

बैंककाे जेठ २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ११औँ वार्षिक साधारण सभा असार १२ गते शुक्रबार एशियन भिलेज रिसोर्ट, बुटवल, रूपन्देहीमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम बैंककाे हाल कायम चुक्ता पूँजीकाे १५ प्रतिशतकाे दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यस्तै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5edb1398e0e7c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको