Like us!
Follow us!
Connect us!
Watch us!

आज नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सव : भिडियो कन्फ्रेन्समार्फत मनाइँदै

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, ०७ : १४ मा प्रकाशित

आज नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सव : भिडियो कन्फ्रेन्समार्फत मनाइँदै

अर्थ संसार, काठमाडौं – आज (आइतबार) नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सव रहेकाे छ । बोर्डले आफ्नो २८औं वार्षिकोत्सव अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा भिडियो कन्फ्रेन्समार्फत मनाउने भएकाे छ ।

बाेर्डले दिएकाे जानकारी अनुसार दिउँसाे २ बजेदेखि शुरु हुने उक्त भिडियो कन्फ्रेन्समा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाट, नेपाल मर्चेण्ट बैंकर एशोसिएशनका अध्यक्ष ध्रुब तिमिल्सिना सहभागी हुनेछन् भने बोर्डको तर्फबाट अध्यक्ष भिष्मराज ढुङ्गाना, कार्यकारी निर्देशक परिष्टनाथ पौडेल र निरज गिरीको प्रतिनिधित्व रहनेछ । 

यसैगरी, भिडियो कन्फ्रेन्समार्फत भएतापनि औपचारिक रूपमै कार्यक्रम गर्ने तयारी भएको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले जानकारी दिएका छन् । 

कार्यक्रममा बोर्डका अध्यक्ष ढुङ्गानाले बोर्डको प्रगती विवरणसहितको मन्तव्य राख्ने बताइएकाे छ । यस्तै, अन्य सहभागीहरूले पनि आ– आफ्ना तर्फबाट मन्तव्य राख्नेछन् ।

त्यस्तै, उक्त कार्यक्रम सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरिने भएकाले त्यसमा जोडिन सकिने बोर्डले जानकारी दिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको