अर्थ संसार, काठमाडौं - नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ७१औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे जेठ २३ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ७१औँ वार्षिक साधारण सभा असार ५ गते शुक्रबार कम्पनीकाे पुरानाे भवन, कमलादी, काठमाडाैंमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बाेनस शेयर र २.८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि ताेकिनेछ ।
त्यस्तै, विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना संक्रमणकाे जाेखिम न्युनिकरण गर्न सभामा उपस्थित हुने सहभागीहरूले तल उल्लेख गरिएकाे नियम पालना गर्नुपर्नेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस