दिनिता लामिछाने
काठमाडौं–तपाईं उद्योग स्थापना गर्दै हुनुहुन्छ ? वा कुनै जलविद्युत आयोजना निर्माण गर्दै हुनुहुन्छ ? वा तपाईं फलामको काम गर्ने वर्कसप चलाउँदै हुनुहुन्छ ?
फलामलाई जोड्ने वेल्डिङ रड चाहिएको होला ? यस्तो काम गर्ने गुणस्तरीय रड कहाँ पाइन्छ भनेर भौंतारिइरहनु भएको छ भने टेकुको गणेशा इन्टरप्राइजेज तपाईंको उपयुत्तण्m गन्तब्य हुनसक्छ ।
‘ठूला आयोजना वेल्डिङ नगरी बनाउन असम्भव छ,’ गणेशा इन्टरपं्राइजेजका संचालक अमित भन्छन्, ‘गुणस्तरीय रड प्रयोग नगर्दा निर्माण कार्य बलियो हुँदैन ।’ बजारमा थरीथरीका वेल्डिङ सामग्री उपलब्ध छन् । कुन गुणस्तरीय भनेर छुट्याउन भने गाह्रो छ ।
गणेशाले वेल्डिङ रड ग्यारेन्टीसहित उपलब्ध गराउने संचालक अमित बताउँछन् । कम्पनीले वेल्डिङ मेसिन, वेल्डिङ रड, फलाम काट्ने यन्त्रलगायतका निर्माण उपकरण उपलब्ध गराउँछ ।
यस्तै कम्पनीले ठूला उद्योग, जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने सेफ्टी टुल्स, भि–बेल्ट, कपलिंकलगायत उपलब्ध गराउने संचालकले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस