Like us!
Follow us!
Connect us!
Watch us!

१८ दिन क्वारेन्टिन बसेका एक जनाको मृत्यु

अर्थ संसार

सोमबार, २६ जेठ २०७७, ११ : ०१ मा प्रकाशित

१८ दिन क्वारेन्टिन बसेका एक जनाको मृत्यु

अर्थ संसार, महोत्तरी-महोत्तरीको गौशाला नगरपालिकामा रहेको क्वारेन्टिनमा १८ दिन  बसेर घर फर्केका एक जना पुरुषको मृत्यु भएको छ । क्वारेन्टिनबाट शनिबार घर फर्केका उनको आइतबार मृत्यु भएको हो ।

गत जेठ ६ गते भारतको हरियाणाबाट महोत्तरी आइपुगेका थिए ।भारतबाट फर्केका उनीलगायत २६ जनाको पिसिआर परीक्षण गर्दा मृतक पुरुषसहित २० जनाको रिपोर्ट नेगेटिभ र तीन जनाको रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख शिवनाथ महतोले जानकारी दिए।

नीलगायत अन्य २० जनाको रिपोर्ट नेगेटिभ आएपछि हामीले उनीहरुलाई शनिबार घर पठाएका थियो ।

उनले भने ‘बाँकी ३ जनाको रिपोर्ट आज आउँदै छ, २६ जनै व्यक्तिको स्वाब पिसिआर परीक्षणका लागि काठमाण्डौँको टेकु अस्पतालमा पठाइएको थियो।’

क्वारेन्टिनबाट फर्केका ती ४० वर्षीय पुरुषको मृत्यु भएपछि फेरी पनि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने मेयर महतोले बताए।

उनले भने ‘पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो, तर उनको मृत्यु भयो अब फेरी पनि हामी उनको स्वाब परीक्षणका लागि टेकु पठाउने छौँ।’

यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले मृतक पुरुष मदिरा खाँदै आएकाले उनको मृत्यु कालगतिले नै भएको दाबी गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको