अर्थ संसार, धादिङ-धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज संचालकहरु संगठित भएका छन् ।जिल्लाका अनलाइन पत्रकारहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङ गठन गरिएको हो ।
जिल्लाका पत्रकारहरुको डिजिटन माध्यमवाट सम्पन्न भएको प्रथम भेलाले धादिङ न्यूज डट कमका प्रधान सम्पादक केशव अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा पिजनखबर डट कमकी सम्पादक गोमा थापा, सचिवमा धादिङ पोष्ट डट कमका प्रधान सम्पादक नारायण सिलवाल र कोषाध्यक्षमा नागरिक पाटी डट कमका प्रधान सम्पादक रामवहादुर ठकुरी आषिस चयन भएका छन् ।
त्यसै गरी भेलाले कार्य समितिको सदस्यमा इरातोपर्दा डट कमका प्रधान सम्पादक विवेक अर्याल, रेडियो विहानी डट ओआरजी. का शिव प्रसाद देवकोटा संजय, धादिङ अपडेट डट कमका दोलख गुरुङ, धादिङ सञ्चार डट कमका बद्री अधिकारी, तथा स्काईसञ्चार डट कमका धमेन्द्र श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै अन्य २ जना सदस्य भने आवश्यकता पहिचान गरी कार्य समितिले थप गर्ने छ ।
भेलाले संस्था दर्ताका लागि विधान मस्यौदा समिति समेत बनाउने निर्णय समेत गरेको छ ।
भेलाले संगठित हुन र जिम्मेबार पत्रकारिताको दायरामा आउन आवश्यक सवै कार्यहरु गर्दै जाने बिषयमा पनि भेलमा छलफल भएको थियो । भेलाले अनलाईन संचालकलाई समस्या पर्दा एकजुट भएर सहयोग गर्ने, पेशागत हकहित संरक्षणसँगै पेशागत गुणस्तर बृद्धिका लागि निरन्तर कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको छ ।
भेलामा विज्ञका रुपमा बोल्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का केन्द्रिय सदस्य सरोज पौडेल, नेपाल पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्मा, प्रेस संगठन नेपाल धादिङका संयोजक राजन अधिकारीले मर्यादित पत्रकारिताका लागि अनलाइनहरु प्रतिवद्ध हुनुपर्ने, पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार, र जनउत्तरदायी बनाउन सुझाव दिएका थिए । भने जिम्मेबार सञ्चार माध्यमको रुपमा अनलाइन स्थापित हुनुपर्ने अतिथिहरुको सुझाव थियो ।
यता डिजिटल मिडिया नेटवर्क धादिङका तदर्थ समिति अध्यक्ष केशव अधिकारीले पनी जिम्मेबार पत्रकारिताको मर्मलाई ख्याल गर्दै पेशालाई व्यवस्थीत गर्न, सहयोग तथा अनुभव आदानप्रदान गर्न र नीतिगत व्यवस्थाका लागि सजिलो हुने भएकाले संगठित हुनु परेकोे बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस