Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो डलरको मुल्य, अन्य मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

बुधबार, २८ जेठ २०७७, ०७ : १८ मा प्रकाशित

बढ्यो डलरको मुल्य, अन्य मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा  र बिक्रीदर १०  रुपैयाँ ११ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३९२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ०४ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२१ रुपैयाँ २० पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा  र बिक्रीदर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०२ पैसा रहेको छ । 

अन्य मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको