Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्याेरेन्सले डाक्याे सभा कहाँ र कहिले ?

निशा हुमाँगाई

बुधबार, २८ जेठ २०७७, १० : ४४ मा प्रकाशित

सिद्धार्थ इन्स्याेरेन्सले डाक्याे सभा कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं – सिद्धार्थ इन्स्याेरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे जेठ २७ गते मंगलबारका दिन बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १८औं वार्षिक साधारण सभा असार १३ गते शनिबार सिद्धार्थ इन्स्याेरेन्स भवन हनुमानस्थान, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसअघि चैत्र २८ गते शुक्रबार अग्रवाल सेवा केन्द्रको भवन, कमल पोखरी, काठमाडौंमा गर्ने भनिएकाे साधारण सभा कोरोना भाइरसका कारण स्थगित भएकाे थियाे ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ee06b8c94d13.jpg 5ee06b9843618.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको