अर्थ संसार, काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण शेयर (आइपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
कम्पनीले १२ लाख कित्ता आइपीओ निष्कासन गर्न रेटिङ गराएको हो । कम्पनीले आइपीओ निष्कासनको लागि गत असोज १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
त्यस्तै, कम्पनीकाे आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस