Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यी चार कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

निशा हुमाँगाई

विहीबार, २९ जेठ २०७७, १५ : ३० मा प्रकाशित

नेप्सेमा यी चार कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (बिहीबार) पनि चार कम्पनीकाे शेयर सूचीकृत भएको छ । नेप्सेमा तीन कम्पनीकाे बाेनस शेयर र एक कम्पनीकाे हकप्रद शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

लुम्बिनी विकास बैंक लिमिटेडकाे १२ लाख ९३ हजार ४८१ दशमलव ७८ कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे १ कराेड ३७ लाख ९२ हजार ५४ कित्ता बोनस शेयर कारोबारको लागि सूचिकृत भएको हाे ।

त्यस्तै, प्राइम कमर्सियल बैंक लिमिटेडकाे १ कराेड ५४ लाख ९८ हजार ९६२ दशमलव ७२ कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

यसका साथै, लुम्बिनी जनरल इन्स्याेरेन्स लिमिटेडको १७ लाख ६० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको