अर्थ संसार, काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडले १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आइपीओ निष्कासनको लागि जेठ २५ गते आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे हाे ।
त्यसैगरी, उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने कम्पनीले जनाएकाे छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आइपीओ खुला प्रक्रिया सुरु हुने कम्पनीले बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस