अर्थ संसार, काठमाडौं – सजिलाे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाकाे जेठ २९ गते बिहीबारका दिन बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे दाेश्राे वार्षिक साधारण सभा असार २१ गते आइतबार दियालाे फुडल्याण्ड,टाेखा-५ बसुन्धारा, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।
सभामा सजिलाे लघुवित्त र समिट लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा गरिएकाे समझदारीपत्रकाे अनुमाेदन गर्ने विशेष प्रस्ताव रहेकाे छ ।
त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस