Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

निशा हुमाँगाई

शुक्रबार, ३० जेठ २०७७, १६ : ३१ मा प्रकाशित

नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले १२ दिन अघि भारतको महाराष्ट्रबाट  आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् । 

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो । अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको हाे । कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षण गर्दा बिहीबार रिपोर्ट पोजेटिभ आएको हाे । यो सँगै अर्घाखाँचीमा मात्रै कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

 

 

5ee35fe799b3c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको