Like us!
Follow us!
Connect us!
Watch us!

धादिङको ज्वालामुखीका २७ जनामा कोरोना पुष्टि !

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, २० : १३ मा प्रकाशित

धादिङको ज्वालामुखीका २७ जनामा कोरोना पुष्टि !

अर्थ संसार, काठमाडौं -धादिङको ज्वालामुखी गाउँपालिका २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएर केही दिनदेखि क्वारेन्टाइनमा बसेको उनीहरुको स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकुमा पठाइएकामध्ये २ महिला र २५ जना पुरुषमा कोरोना भाइरस देखिएको गाउँपालिका स्रोतले बताएको छ ।

भारतको विभिन्न ठाउँबाट २ साताअघि आएका ६८ जनामध्ये २७ जना कोरोना संक्रमित देखिएको गाउँपालिका स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरुमध्ये ज्वालामुखी वडा नं. २ मैदीस्थित मैदीस्थित संस्कृत तथा साधारण माविमा क्वारेन्टिनमा रहेका १५ जना र वडा नं. ६ स्थित सुनखानी मावि क्वारेन्टिनमा बस्दै आएका १२ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
अहिलेसम्म धादिङमा ५९ जनामा कोरोना पुष्टि भएको छ ।

5ee396b0a7e0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको