Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकद्वारा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

आइतबार, ३२ जेठ २०७७, १४ : ४१ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्वारा आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेकाे छ ।  

बैंकका भैरहवा र नारायणगढ शाखाले क्रमश रूपन्देहीको सिद्दार्थनगर नगरपालिका वडा नं. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि एक लाख पचास हजार रूपैयाँका दरले जम्मा तीन लाख रूपैयाँको आर्थिक सहयोग प्रदान गरेका छन् ।

गत बिहीबार (२०७७/०२/२९ गते)  भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्दार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए । 

त्यसैगरी, गत शुक्रबार (२०७७/०२/३० गते) महालक्ष्मी विकास बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई एक लाख पचास हजार रूपैयाँ बराबर रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमहरूमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको