Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद शेयर निष्कासनको तयारीमा रहेको अपि पावरको यस्तो आयाे वित्तीय विवरण

निशा हुमाँगाई

आइतबार, ३२ जेठ २०७७, १२ : १४ मा प्रकाशित

हकप्रद शेयर निष्कासनको तयारीमा रहेको अपि पावरको यस्तो आयाे  वित्तीय विवरण

अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा कम्पनीकाे नाफा केहि घटेकाे छ ।

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त रकम गत वर्षकाे तुलनामा १७ प्रतिशत थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले  ७ करोड ३१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २४ करोड २३ लाख ४९ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत वर्षकाे तुलनामा ८ करोड ८९ लाख ३ हजार रुपैयाँ धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १५ करोड ३४ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको थियाे । यस्तै, कम्पनीले अन्य स्रोतबाट १५ लाख ४७ हजार रूपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ, जगेडा कोषमा १३ करोड ४८ लाख ८९ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ३३ पैसा रहेकाे छ । 

कम्पनीले चैत्र ७ गते, शुक्रबार कार्की ब्यांक्वेट, बबरमहल, काठमाडाैंमा गर्ने भनेकाे १६औँ वार्षिक साधारण सभा काेराेना भाइरसका कारण स्थगित गरिएकाे छ । सभामा कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्दैछ भने ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ ।शेयर १ सय रुपैयाँ अंकित दरले १ करोड १९ लाख ७ हजार कित्ता साधारण

कम्पनीले, हाल कायम चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयर)  को अनुपातमा ५६ करोड ७० लाख  रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रदबाट पाएको रकमले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा  लगानी गर्ने जानकारी दिएकाे छ ।

कम्पनीले सार्वजनिक गरेकाे तेस्रो त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :

 

5ee5cfdfae874.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको