अर्थ संसार, काठमाडौं–बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय सुशान्तले आफ्नो बान्द्रास्थित घरमा डोरीमा झुन्डिएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको कारणबारे भने कुनै खुलासा भएको छैन ।
सुशान्तका घरेलु कामदारले प्रहरीलाई उनको आत्महत्याबारे जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।
भारतको पटनामा जन्मिएका थिए । भारतीय टिभीमा पनि कार्यरत उनी हिन्दी चलचित्रका अभिनेता पनि थिए । उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।
उनी अर्को टेलीश्रृङ्खला पवित्र रिश्ताबाट निकै लोकप्रिय बन्न पुगेका थिए ।टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाएका थिए । उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिणती चोपडासँग अभिनय गरेका थिए । उनले केदारनाथ, एमएस धोनी जस्ता चर्चित चलचित्रमा काम गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस