Like us!
Follow us!
Connect us!
Watch us!

बोनस प्रस्ताव पारित गर्ने विशेष एजेन्डासहित लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा

निशा हुमाँगाई

सोमबार, ०१ असार २०७७, ११ : १४ मा प्रकाशित

बोनस प्रस्ताव पारित गर्ने विशेष एजेन्डासहित लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा

अर्थ संसार, काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे जेठ ३२ गते आइतबारका दिन बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १५औं वार्षिक साधारण सभा असार २४ गते बुधबार कम्पनीको कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम चुक्ता पूँजीको ८.१२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिँदैछ । यसका साथै उक्त सभामा सञ्चालकको संख्या घटाउने र सो प्रयोजनको लागि नियमावलीको नियम ८(२) संशोधन गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थ कम्पनीले असार ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । तसर्थ असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ee70797e9011.jpg 5ee707a3013de.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको