Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा भएको शेयर कारोबारको राफसाफ हुने (विज्ञप्ति)

निशा हुमाँगाई

सोमबार, ०१ असार २०७७, १७ : ०५ मा प्रकाशित

लकडाउनमा भएको शेयर कारोबारको राफसाफ हुने (विज्ञप्ति)

अर्थ संसार, काठमाडौं - लकडाउनको बिचमा अर्थात वैशाख ३० र ३१ गते भएको शेयर कारोबारको राफसाफ हुने भएको छ । उक्त शेयर कारोबारको राफसाफ आज (असार १ गते, साेमबार) बाट सुचारु गरिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएकाे छ ।

उक्त दुई दिन भएका काराेबारको शेयर राफसाफ आज (सोमबार) र भाेलि (मंगलबार) हुनेछ । जेठ ३२ गतेसम्म स्थगित राफसाफ तथा फछ्र्यौट कार्य सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बल्ल आजदेखि सुचारू गरेकाे हाे ।

लकडाउनका बीच खुलेको उक्त दुई दिनको कारोबार रद्ध गराउन लगानीकर्ताहरुकाे माग रहेकाे थियाे । यता धितोपत्र बोर्डले भने उक्त कारोबारमा चलखेल भएको हाे वा होईन भन्ने बारेमा अध्ययन गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको थियो ।

साेही निर्देशन अनुरूप नेप्सेले उक्त कारोबार नियम अनुसार नै र सामान्य भएको बताएपछि राफसाफ हुने भएको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ee75aa9a19b6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको