अर्थ संसार
काठमाडौं–दशैंको दशौं दिन विजया दशमी निधारमा टिका र जमरा लगाएर शुक्रबार धुमधामका साथ मनाइएको छ । कतिपयले रातो टिका लगाएका छन् भने केही जनजातीले निधारमा सेतो टिका लगाएका छन् । स्वदेशमा मात्रै हैन, विदेशमा बस्ने नेपालीले समेत टिका लगाएर चाड मनाएको तस्बिर फेसबुकमा पोस्ट गरेका छन् । दशैंमा टिका लगाएको तस्बिरले यतिखेर अधिकांशको फेसबुक पेज रंगिएको छ ।
परंपरादेखि दशैं मनाइरहेका मात्र हैन, कहिल्यै दशैं नमनाएकाहरुले समेत टिका लगाएको तस्बिर पोस्ट गरेका छन् । तराइबासीले समेत धुमधामसँग दशैं मनाएका छन् । असत्यमाथि सत्यको जित भएको खुशियालीमा निधारमा टिका र हरियो जमरा लगाएर दशैं मनाइन्छ । यस पर्वलाई अमेरिकी दूताबासले समेत धुमधामका साथ मनाएको छ । अमेरिकी राजदूत एलाइना बि टेप्लिज आफैंले नेपाली परंपराअनुसार मान्यजनबाट दशैंको टिका थापेकी छन् ।
नेता, कलाकार, ब्यापारी सबैले टिका लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभचिन्तकलाई सितलनिवासमा टिका लगाइ दिएकी छन् । त्यस्तै उपराष्ट्रपति नन्दकिशोर पुनले पनि शुभचिन्तकलाई टिका लगाइ दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भने टिका लगाएनन् । उता नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले टिका लगाउनुका साथै कार्यकर्तालाई टिका लगाइदिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस