अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (मंगलबार) पनि काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडौंकाे एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप १ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे उनले बताएका छन् । यसअघि हिजाे (साेमबार) पनि काठमाडौंका ४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।
त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे अनुसार मंगलबार नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ६ हजार ५ सय ९१ जना पुगेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस