अर्थ संसार, काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
संस्थाले गत वैशाख २५ गतेबाट लागू हुने गरी संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा पुन: नियुक्त गरेकाे हाे ।
संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस