अर्थ संसार, काठमाडौं – भक्तपुरमा प्रहरीसहित तीन जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
संक्रमण पुष्टि हुनेमा चाँगुनारायण नगरपालिका घर भई महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत ३२ वर्षीय प्रहरी जवान, भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुष र जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवती रहेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन जनालाई नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ ।
त्यस्तै, प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्षलाई सिल गरेर सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको क्वारेन्टिनमा राखिएकाे र परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखिएकाे प्रधानले बताएका छन् । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस