अर्थ संसार
काठमाडौं– एनआइसी एसिया बैंकले (आज) बुधबारदेखि १५५ हकप्रद सेयर बिक्री खुला गरेको छ । एनआइसीले १०० कित्ता बराबर थप १५ कित्ता सेयर (१००ः१५) अनुपातमा हकप्रद जारी गरेको हो ।
यस आधारमा बैंकको प्रतिकित्ता १०० रुपैयाँको दरले ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला भएको छ । यो हकप्रद सेयर वैशाख १९ गतेसम्म भर्न पाइनेछ ।
कम्पनीको यो हकप्रद सेयरमा चैत ६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सिभिल क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौं तथा एनआइसी बैंकको मुख्य कार्यालय थापाथली काठमाडौंसहित बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस