Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले पायो २३.७४५ हकप्रद ल्याउने अनुमति

बुधबार, १६ चैत्र २०७३, १३ : १८ मा प्रकाशित

नेपाल बैंकले पायो २३.७४५ हकप्रद ल्याउने अनुमति

अर्थ संसार 
काठमाडौं–सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले २३.७४५ हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल बैंकलाई १००ः२३.७४ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

नेपाल बैंकले अब छिट्टै एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँको एक करोड ५४ लाख ३१ ह्जार ८४० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । नेपाल बैंकको बिक्री प्रबन्धकको काम सिभिल क्यापीटल मार्केट लिमिटेडले गर्दैछ ।

नेपाल बैंकको बिक्री प्रबन्धकको काम सिभिल क्यापीटल मार्केट लिमिटेडले गर्दैछ । हाल नेपाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले एक अर्ब ८९ करोड ५० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको