अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (शनिबार) कोरोना भाइरसबाट संक्रमित थप १७६ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १ हजार ५ सय ७८ जना पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत १७६ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । जसमध्ये १५८ जना पुरूष र १८ जना महिला रहेका छन् ।
सिरहा अस्पतालबाट २६ जना, आइसोलेशन सेन्टर जानकी बाँकेबाट ४१ जना, सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट १३ जना, कोशी अस्पतालबाट १० जना, सुर्खेतबाट २४ जना, कोरोना विशेष अस्पताल दाङबाट ५ जना, मनहरी आइसोलेशनबाट ६ जना, डडेलधुरा अस्पतालबाट २ जना, अछाम अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट २ जना, डोटी अस्पतालबाट ९ जना, धनगढीबाट ८ जना, टीकापुर अस्पतालबाट ४ जना, नेपालगन्ज मेडिकल कलेजबाट १ जना, महाकाली अस्पतालबाट ८ जना र भरपुर अस्पताल चितवनबाट ६ जना गरी १ सय ७६ जना डिस्चार्ज भएका डा. जागेश्वर गाैतमले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस