Like us!
Follow us!
Connect us!
Watch us!

नेपालका ७६ जिल्लामा फैलियाे कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए संक्रमित ?

निशा हुमाँगाई

सोमबार, ०८ असार २०७७, १७ : १९ मा प्रकाशित

नेपालका ७६ जिल्लामा फैलियाे कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए संक्रमित ?

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ५३५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ९ हजार ५ सय ६१ जना पुगेकाे छ । जसमध्ये ८९४ जना महिला र ८६६६ जना पुरूष रहेका छन् ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

त्यस्तै, प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ ।

साेमबार कुन जिल्लामा कति थपिए संक्रमित ?

मोरङ : ६ महिला र ६ पुरुष
सप्तरी : १४ पुरुष
झापा : २ महिला र १ पुरुष
धनुषा : १ महिला र ९ पुरुष
महोत्तरी : १ पुरुष
अछाम : २ पुरुष
अर्घाखाँची : २ महिला र ७ पुरुष
बैतडी : १ महिला र १३ पुरुष
डडेलधुरा : ५ महिला र १० पुरुष
डोटी : ४ महिला र ३ पुरुष
गुल्मी : ७ महिला र ४९ पुरुष
कैलाली : १ महिला र ५७ पुरुष
नवलपरासी : २ महिला र २७ पुरुष
सर्लाही : ८ महिला र ३९ पुरुष
सिन्धुपाल्चोक :  २ महिला
सिराहा : ४ महिला र १९ पुरुष
स्याङजा : ३ महिला र ३० पुरुष
पाल्पा : ७५ पुरुष,१५ महिला र
जाजरकोट : १ पुरुष
प्युठान : ५ महिला र २५ पुरुष
रौतहट : १ महिला र ३३ पुरुष
रुपन्देही : ३ महिला र ९ पुरुष,
चितवन : ५ पुरुष
ओखलढुंगा :  १ पुरुष
तनहुँ : १ महिला र १० पुरुष
दाङ : १ महिला र १२ पुरुष

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको