Like us!
Follow us!
Connect us!
Watch us!

पतञ्जलीले तयार पारेको कोरोनाको औषधिबारे यसाे भन्छन् डा. रवीन्द्र पाण्डे

निनाम कुलुङ ‘मंगले

मंगलबार, ०९ असार २०७७, १९ : १२ मा प्रकाशित

पतञ्जलीले तयार पारेको कोरोनाको औषधिबारे यसाे भन्छन् डा. रवीन्द्र पाण्डे

अर्थ संसार, काठमाडौं - आज योगगुरु रामदेव तथा आचार्य बालकृष्णको पतंजली योग तथा आयुर्वेद संस्थानले कोरोना संक्रमण ३-१५ दिनभित्र निको गर्ने दावीका साथ केहि औषधिको घोषणा गरेको छ ।

पतञ्जली अनुसन्धान केन्द्र र NIMS युनिभर्सिटी, जयपुरको संयुक्त पहलमा भएको अनुसन्धानमा यी औषधिले ६५ % बिरामीलाई ३ दिनभित्र कोरोनामुक्त भएको तथा मृत्युदर शुन्य भएको बताइएको छ । स्याम्पल साइज सानो भएको तथा कुन कुन उमेर र अवस्थाका बिरामीमा परीक्षण भएको भनेर विस्तृत विवरण नआएको हुँदा यसको प्रभावकारिता अध्ययन हुन बाँकी नै छ ।

१. दिव्य कोरोनिल ट्याब्लेट ( गुर्जो, अश्वगन्धा र तुलसी मिलाएर बनाएको )
२. दिव्य श्वासारी बटी ( खोकी तथा दममा प्रयोग गर्ने जडिबुटी मिलाएको )
३. दिव्य अणु तेल ( नाकमा राख्ने, षड्बिन्दु तेलजस्तै )

यसको साथै पतंजलीले उत्पादन गरेका स्वाशरी क्वाथ, अश्वशिला क्याप्सुल, च्यवनप्रास, मह, घ्युकुमारीको जुस, गुर्जोको रस, शिलाजित क्याप्सुल, बेसार तथा केशर आदिलाई कोभिड इम्युनिटी भनेर प्रचार गरिएको छ ।

कोभिड १९ को उपचार तथा खोप नभएको समयमा यी औषधि पतंजलीजस्तो बहुप्रचारित तथा व्यवसायिक संस्थाले उत्पादन गरेको हुँदा खरबौंको व्यापार हुने निश्चित छ ।

यी औषधिको अध्ययन गर्दा के निष्कर्ष पाइन्छ भने हामीले इम्युनिटी पावर बढाउन प्रयोग गरिरहेका, हाम्रो देशमा प्रशस्त उत्पादन भएका गुर्जो, अश्वगन्धा, तुलसी, बेसार, दालचिनी, तेजपात, अदुवा, मह आदि प्रयोग गरिएकोले नेपालको लागि यी औषधि नयाँ हैनन् । यी जडिबुटी प्रयोग गरेमा पतंजलीको औषधि खोज्नु र पर्खिनु पर्दैन । यसै पनि कोरोना संक्रमणको मृत्युदर २-३ % मात्र छ । ९० % संक्रमितलाई उपचारको जरुरत पर्दैन । तथापी यो प्रयासलाई सकारात्मक रुपमा लिनु उपयोगी हुन्छ ।

NAST,NHRC, NAMRC आदि अनुसन्धान गर्ने संस्थाहरुले यी जडिबुटीमाथि अनुसन्धान गर्नु जरुरी छ । पतंजलीले निकालेका उत्पादनको अध्ययन गर्दा यी औषधि एन्टिभाइरलको रुपमा भन्दा पनि इम्युनिटी पावर बढाउन उपयोगी हुने निष्कर्ष निकाल्न सकिन्छ ।

यी वनस्पति हाम्रो देशमा प्रशस्त भएकोले हामीले लाभ लिन सकिन्छ । कोभिडबाट बच्नको लागि सुरक्षा सतर्कता अपनाऔं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं अनि खोपको आशा गरौँ । - डा. रवीन्द्र पाण्डे

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको