Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा पनि बढ्न थाल्यो कोरोना

पत्रपत्रिका

शुक्रबार, १५ पुस २०७९, ०७ : २६ मा प्रकाशित

नेपालमा पनि बढ्न थाल्यो कोरोना

छिमेकी मुलुकमा कोभिड–१९ सङ्क्रमण तीव्र रूपमा बढ्दै गएपछि नेपालमा पनि शून्यमा झरेको कोभिड–१९ का सङ्क्रमित बढ्न थालेका छन् । बिहीबार मात्र १४ जना व्यक्तिलाई कोभिड–१९ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एकै दिन कोभिड–१९ सङ्क्रमित बढेकाले नेपालमा नयाँ भेरियन्ट हो भन्न नमिल्ने बताए । उनले विगतमा पनि छिमेकी मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढ्ने र विस्तारै नेपालमा भित्रिने गरेको स्मरण गर्दै नेपालमा पनि नयाँ देखिएको भेरियन्ट आउँदैन भन्न सक्ने अवस्था नरहेको बताए ।

छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको छ । उनले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘बीएफ–७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरूमा सर्ने खालको रहेको भन्दै नेपालमा सतर्कता अपनाउन सुझाव दिए । कोरोना भाइरसको अरू प्रजातिभन्दा ‘बीएफ–७’ नामक भाइरसले धेरै मानिसमा सङ्क्रमण सार्ने भएकाले नेपालमा जनस्वास्थ्यका मापदण्ड अपनाउन सुझाव दिए । 

 ‘बीएफ–७’ ले अरू भेरियन्टभन्दा चार गुणा बढी सङ्क्रमण  सार्ने गर्दछ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले चीन र भारतमा नयाँ भेरियन्ट फैलिरहेको जानकारी दिँदै नेपालमा उच्च सावधानी अपनाउनुपर्ने बताए । अहिलेसम्मको ट्रेन्ड हेर्दा भारत तथा चीनमा कोरोना बढेपछि नेपालमा देखिने गरेको छ, डा. पुनले भन्नुभयो, “कोरोनाले केही गर्दैन भन्ने भ्रममा पर्नुहुँदैन ।” गाेरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको