Like us!
Follow us!
Connect us!
Watch us!

बढेसकालमा पार्टी गठन गर्दै डा लोहनी

बुधबार, १६ चैत्र २०७३, १८ : १६ मा प्रकाशित

बढेसकालमा पार्टी गठन गर्दै डा लोहनी

अर्थ संसार 
काठमाडौँ– । पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरिएको छ । 

नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहनुहुन्छ । अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको छ । पार्टीका ७१ जना केन्द्रीय सदस्यसहितको नामावली आज निर्वाचन आयोगमा पठाइएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले राप्रपासँग प्रतिस्पर्धा गर्न नभएर मुलुकमा देखापरेको राजनीतिक अन्योलताको अन्त्य र मुलुकको समृद्धिका लागि स्थापना गरिएको स्पष्ट पार्नुभयो । 

आफ्नो पार्टीले हिमाल, पहाड र तराइका जनताको भावनालाई सम्बोधन गर्ने दावी गर्दै उहाँले समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको सिद्धान्तलाई पार्टीले अवलम्बन गर्ने बताउनुभयो । 

धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष लोहनीले आजै पदबहालीसमेत गर्नुभयो । यसअघि अध्यक्ष लोहनी राप्रपाको शीर्ष नेतृत्वमा हुनुहुन्थ्यो । रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको