अर्थ संसार, काठमाडौं – नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ ।
चितवनको भरतपुर अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६:३५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ ।
त्यसैगरी, उनी कोरोना संक्रमितका साथै फोक्सोको क्यान्सरका पनि बिरामी रहेकाे बताइएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस