अर्थ संसार, काठमाडौं – बन्धुकधारीहरुले पाकिस्तान स्टक एक्सचेन्जमा सोमबार आक्रमण गरेका छन् । प्रहरीका अनुसार प्रहरीको कारबाहीमा आक्रमणकारीमध्येका चार जनाको मृत्यु भएको छ ।
कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनले आक्रमणकारीले ट्रेडिङ स्थलको बाहिर कार ल्याएर राखेका र त्यसपछि ग्रिनेड र बन्दुक प्रहार गरेको जानकारी दिएका छन् । उनले आक्रमणकारी चार जनाको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिए ।
एएफपीका अनुसार आक्रमणकारीको गोली लागेर चार जना सुरक्षागार्ड, एक जना प्रहरी र एक व्यक्तिको मृत्यु भएको छ ।
कराँचीमा अपराध र राजनीतिक तथा जातीय हिंसाबाट प्रताडित रहने गरेको छ । राजनीतिक संरक्षणप्राप्त बन्धुकधारीहरुले बेलाबखत विपक्षी नेताहरु तथा आवासीय क्षेत्रमा आक्रमण गर्ने गरेको इतिहास छ । तर, कराँचीको सुरक्षा व्यवस्था पछिल्ला वर्षहरुमा निकै सुधार भएको छ । पाकिस्तानी सुरक्षाकर्मीले राजनीति आडमा संचालित आपराधिक गिरोह र इस्लामिक चरमपन्थीमाथि व्यापक कारबाही गरेपछि परिस्थितिमा सुधार आएको हो ।
पाकिस्तानमा अखडा बनाएका अल–कायदा र तालिबान समर्थित पाकिस्तानी लडाकूले पाकिस्तानका कुनै पनि क्षेत्रमा आक्रमण गर्ने सामथ्र्य राख्ने सुरक्षाविज्ञहरुको भनाई छ ।
स्थानीय महानगरका अधिकारीहरुका अनुसार गत साता पनि महानगरमा भेला भएका व्यक्तिमाथि लक्षित गरी एक आपराधिक समूहले गरेको ग्रिनेड आक्रमणबाट एक व्यक्तिको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए ।
सन् २०१८ मा पृथकतावादी लडाकू समूहले कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा दिउँसो गरेको आक्रमणमा चार जनाको ज्यान गएको थियो । - (रासस/एएफपी)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस